फ्रान्समा पुनः एक महिना लकडाउन



एजेन्सी
- कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि एक महिना लकडाउन घोषणा गरिएको छ ।

राष्ट्रपति इमानुयल म्याक्रोको एक सार्वजनिक सन्देशमा शनिबारदेखि देशभर एक महिना लकडाउन हुने उल्लेख गरेका छन् ।

लकडाउनमा अत्यावश्यक पसलहरुमात्र खोल्न दिइने उनले बताए । उनले कार्यालयको सट्टा घरमै बसेर काम गर्न आग्रह गरेका छन् ।

मानिसहरुलाई उचित कारणविना घरबाट १० किलोमिटरभन्दा टाढा जान रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

संक्रमण फैलिन नदिने उद्देश्यले सार्वजनिक समारोहमा पूर्णरुपमा रोक लगाइएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ४१ हजार ९०७ जना संक्रमित भएका छन् भने ३०३ जनाको मृत्यु भएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial