सर्वदलीय बैठकबारे व्यङ्ग्य गर्दै भट्टराइले लेखे,’चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन रे’



जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठकबारे जानकारी नभएको बताउनु भएको छ ।

शनिबार प्रधानमन्त्रीले डाक्नुभएको बैठकमा सहभागी नभएपछि मिडियामा ‘एमसीसी बैठक बहिष्कार गर्यो’ भन्ने समाचार आएको प्रति ध्यानाकर्षण गराउँदै भट्टराइले बैठकबारे आफूलाई जानकारी नभएको बताउनु भएको हो ।

शनिबारको सर्वदलीय बैठकमा भट्टराइ उपस्थित हुनुहुन्थेन । जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमरीमा सोध्दा बैठकबारे कुनै जानकारी नभएकाले बैठकमा आफू सहभागी नभएको भट्टराइले स्पष्टीकरण दिनु भएको छ ।

भट्टराइले ट्विटमार्फत सर्वदलीय बैठकबारे व्यङ्ग्यसमेत गर्नुभएको छ । उहाँले लेख्नु भएको छ, ‘चेइ नभनी कुकुर पनि कसैको घर जॉदैन रे मिडियाबाट सुनिएको कथित सर्बदलीय बैठकमा प्रमनिवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial