महामारीको दोस्रो लहरले लगातार दोस्रोपटक पार्टी प्यालेसलाई मुख्य सिजनमै धक्का



कोरोना महामारीका कारण थला परेको पार्टी प्यालेस व्यवसाय पुनः प्रभावित भएको छ । व्यवसायीहरुका अनुसार महामारी सुरु भएसँगै लामो समयसम्म बन्द भएका पार्टी प्यालेस व्यवसाय भर्खर लयमा फर्किन थालेको थियो । तर कोरोनाको दोस्रो लहरका कारण विवाहको मुख्य सिजनमै पार्टी प्यालेसहरु फेरि बन्द गर्नुपर्ने अवस्था आएको छ ।

गत वर्ष वैशाख, जेठ र असारको विवाहको सिजन, तीज, दशैं जस्ता समयमा हुने कार्यक्रमको आम्दानी गुमाएका पार्टी प्यालेसलाई फेरि महामारीले अर्को धक्का दिएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पार्टी प्यालेसहरू बन्द गर्ने निर्णय गरेको छ भने विवाह, ब्रतबन्ध लगायत कार्यमा २५ जनाभन्दा बढीलाई सहभागी हुन रोक लगाएको छ । २५ जनाभन्दा बढी सहभागी नहुने गरी पार्टी प्यालेस प्रयोग गर्नु परेमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्नेछ ।

सरकारले अघिल्लो साता नै २५ जनाभन्दा बढी व्यक्ति एकसाथ जमघट नहुन आह्वान गरेकाले पार्टी प्यालेस व्यवसायीहरू फेरि गत वर्षको जस्तै संकट आइपर्ने त्रासमा थिए ।

कोरोना महामारीका कारण २०७६ चैत ११ मा पहिलोपटक लकडाउन भएपछि गत वर्षको वैशाखमा पार्टी प्यालेसले व्यापार गुमाए । गत मंसिरमा सामान्य व्यवसाय गरेका व्यवसायीलाई यो वैशाखबाट व्यवसायले पुरानै गति समात्ने अपेक्षा थियो । तर ठूला समारोह गर्न नदिने सरकारको निर्णयपछि पार्टी प्यालेस सञ्चालकहरू निराश भएका छन् ।

पार्टी प्यालेसहरूका लागि विवाहको सिजन नै कमाउने समय हो । पार्टी प्यालेसहरू वर्षको ३६५ दिनमध्ये मुश्किलले १०० देखि १५० दिन मात्र चल्छन् । गत वर्ष वैशाख, जेठ र असारको विवाहको सिजन, तीज, दशैं जस्ता समयमा हुने कार्यक्रमको आम्दानी गुमाएका पार्टी प्यालेसलाई फेरि महामारीले अर्को धक्का दिएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial