हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्नेहरु हराए, अब केपी बा आईलभ यू भन्नेहरु हराउछन : सुरेन्द्र पण्डे



नेकपा एमाले नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले अहिले केपी बा आई लभ यू भन्नेहरु, यसअघि हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्नेहरु जस्तै हराएर जाने टिप्पणी गरेका छन ।

नेपाल समूहको काठमाडौं जिल्ला कमिटीले शुक्रबार आयोजना गरेको सपथ ग्रहण समारोहमा बोल्दै अवसर खोज्दै हिँडनेहरु अहिले केपी ओलीको पछि लागेको र केही समय पछि उनीहरुले छाडेर जाने निश्चित भएको उनको भनाइ थियो ।

नेता पाण्डेले पार्टीलाई बलियो बनाउने दृढ सङ्कल्पका साथ काम गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial