" विश्वव्यापीकरणमा हराउदै गएको मानव परिचय " - सन्तोष आचार्य



गल्ती कस्को, हामी अभिभावक, कस्तो आगामी मानव पुस्ता हस्तान्तरण गर्दैछौ , हेक्का हुनु जरुरी छ । तर, समयले त्यति धेरै मोड नलिसकेपनि हामी हाम्रो पैसालाइ आफ्नो हैसियत सोचि समान वा बढी आम्दानी भएको हुनेखाने कहलिएका लाइ चाहि आज पनि अलि प्रसय दिएको पाइन्छ ।


मानव सभ्यताको विकास क्रमलाई हेर्न हो भने ढुङ्गे युग देखि क्रमागत बिकासक्रम हेर्दा मानिस सामाजिक प्राणी र समाजमा समुहगत र घुलमिल रहि आफुलाई सर्वश्रेण र विवेकसिल प्रााणीको रुपमा आफुलाई स्थापित गर्दै आइरहेको छ । तर, समाजको विकासक्रम सगै अत्याधुनिक प्रविधि , टेक्नोलोजी र विज्ञानको युग भनेर कहलिएको २१ औ शताब्दी सम्म आइपुग्दा विकासक्रम को ठुलो फड्को मारेको देखिन्छ ।

विश्वव्यापीकरणले संसार एक घर भइसकेको छ । हामी संसारलाइ एक डिजिटलको माध्यमबाट गोजिमा राखेर हिड्ने पनि भइसकेको अवस्था रहेको छ । तर, यसले निम्त्याएको ठूलो दुर्गामी असर भने निकै नै भयानक बनेर चाहि आउदै छ, अझै भनौ आइसकेको छ । त्यो हो, आफन्त बिचको दुरी र आफन्त-आफन्त बिचको सामिप्यताको दरार अझ भनौ , आफ्नो पन‌ बिचको खाडल । हिजोआज हामी यति अपडेट हुन थालीसक्यौ कि संसारको पुर्वी कुनामा बसेको एक ब्यक्तिले घरमा बसेर पश्चिम कुनाको कुनै पनि खबर ५ मिनेट भित्र दुरुस्त थाहा पाउन सक्छ ।

तर, बिडम्बना त्यहि ५ घर परको छिमेकीको मृत्युशैयामा छटपटी उपचारको अभाबले देहबशान भयो भन्ने खबर पाउन सक्दैन । आखिर संसारको खबर पढ्न र सुन्न सक्ने हामीले छिमेकी को खबर किन सुन्न नसकेको, खै हाम्रो कहा गयो हाम्रो सामाजिक प्राणी हुनुको को ब्रान्ड ट्याग ?? हिजोआज बैज्ञानिक ,प्रविधि को बिकासले होला हामी यति धेरै प्राक्टिकल भयौ कि हामी हाम्रो मतलबको मात्र सुन्छौ हामी हाम्रो मतलबको मात्र देख्छौ । अनि हामी हाम्रो मतलबको लागि मात्र हात बढाउछौ । पकै विकासक्रम को यो पनि गतिलो फड्को मान्नुपर्छ कि यहा लेनदेन (Give and take) देखि बाहेक संसार बाहिर आउनै सकेन ।

समय संंगसगै, हामीले हाम्रो आफ्नो नाता/गोता, परिवार, छरछिमेक मा पनि प्राक्टिकलिजम छिरायौ । हामीले‌ केहि अंश आफ्नो ‌पन त राख्यौ तर आफ्नो बराबरी र हैसियत सग मात्रै । कुनै तल्लो तहमा कामगर्ने कर्मचारी आफ्नो परिवार भित्र को लागि अरुको अगाडी परिचय गराउदा पराया बनायौ अनि परको धनाढ्यलाइ आफन्त ‌।

यहाँ सम्मकी, देखासिकी र रबाफले हामीलाइ यहाँसम्म गाज्योकि बिहान चिया खान हामी लाइ छिमेकी को घरबाट बट्टामा दुध लिएर आउन समेत लाज भयो किराना दोकानमा उपलब्ध को प्याकेट दुध सबै ले देख्नेगरी लिएर आउनुपर्यो । युवा पुस्ता मा सामाजिक संजाल र डिजिटल गेमको यस्तो किराले टोक्यो कि घरमा आएको नव आगन्तुक आफन्तलाइ सादर सत्कार गर्न त परै जाऔस् मोवाइल बाट टाउको उठाउन पनि फुर्सद छैन ।

को आयो-गयो केही मतलब छैन । हामी ले खोजेको यहि हो, अत्याधुनिक बिकास ?? यो प्रश्न विशेषत युवापुस्तालाई.. प्रविधिको विकास सगै हामी यति धेरै सुचना , सम्प्रेषण गर्न सक्ने भयौ कि फलानो देशको फलानो वाडको फलानो को नाम के हो, हामी एक इन्टरबाट थाहा पाउन सक्ने भयौ,तर आफ्नै बाबुको कति जना दाजुभाइ, कति जना दिदी बहिनी वहाँहरुको छोराछोरी कति जना ?? केही थाहा छैन ।

के गर्नु यस्तो प्रविधि, जसले आफन्त को नामको सुचना दिन सकेन अनि हामीले खोज्न सकेनौ । हामीलाइ फलानो देशको यो क्रिकेट खेलाडी/यो फुटबल खेलाडी यो स्थान बाट खेल्छ,यस्को निक नेम यो नामले बोलाइन्छ भन्ने पनि थाहा छ, तर आफ्नै बाबुको बाबुको दाजु-भाइका छोरा-छोरीलाइ के नाताले बोलाउनु पर्छ थाहा छैन ?? के हामी ले खोजेको विश्वब्यापीकरण यहि हो । हामी छुट्टीमा कार्यलयका साथी/भाई सग महिनौ समय बिताउन सक्छौ तर आफ्नै दाजुभाइको छोरा छोरी एक अर्काको घरमा समय बिताउन सक्दैनौ ।

गल्ती कस्को, हामी अभिभावक, कस्तो आगामी मानव पुस्ता हस्तान्तरण गर्दैछौ , हेक्का हुनु जरुरी छ । तर, समयले त्यति धेरै मोड नलिसकेपनि हामी हाम्रो पैसालाइ आफ्नो हैसियत सोचि समान वा बढी आम्दानी भएको हुनेखाने कहलिएका लाइ चाहि आज पनि अलि प्रसय दिएको पाइन्छ । चार चक्केवाला दुई चक्के मा नजाने,२ चक्केवाला पैदलमा नजाने ,यो चक्काको चक्र केवल भौतिक विलासिताका हुन र यो क्षणभरका हुन भन्नेकुरा हामीले कहिले बुझ्ने । तसर्थ, विश्वव्यापीकरण ले हाम्रो इज्जत, हाम्रो प्रतिष्ठा हामीले हाम्रो गुणात्मक तत्वलाइ तिलान्जली दिइ भौतिक र वित्तीयलाइ प्रशय आफ्नो आफन्त मा खोज्न थालेका छौ ।

के हाम्रो सहिष्णुता , समानता यहि हो ?? आज माथिल्लो तलामा बस्नेले तल्लो तलामा बसोबास गर्ने लाइ चिन्दैन तर उ भन्ने गर्छ‌ ‌मैले मास कम्युनिकेसनमा पिएजडि गरेको । पहिले हजुरबुबाको बेलामा न टेलिफोन,न फेशबुक न कुनै सामाजिक सन्जाल, दुइवटा गाउ पारिको घर सदस्य को नाम भन्ने गर्नु हुन्थ्यो । अनि, बिकास त्यति बेला थियो कि आज । आज आफैंमा हिजोआज प्रतिप्रश्न गर्छु । यसको मुल कारण के हो, हामी हिजोआज मानिस मानिस भएर रहेनौ, हामी मेशिन भयौ । अव,मेशिनको गुणात्मक गुण भन्दा सङ्ख्यात्मक मात्र हुने गर्दछ ।

आज हाम्रो जिबन यस्तो आडम्बर रेसमा भाग्न थाल्यो कि हामी ले हाम्रो परिवार, आफन्त, नातागोता सबै पछाडि छोडि पैसा मात्र देख्न थालिम । पैसालाइ जति महत्व दिनुपर्ने त्यो भन्दा अलिक बढी दिइम । हाम्रो आँखा ले केवल पैसा देख्न थाल्यो । तर, पैसा नै नचाहिने भन्न खोज्या होइन, उठान गर्न खोजेको पैसा साधन हो साध्य होइन ।

सन्तोष आचार्य
पुस्पलाल चोक, मानगढ-०३
विराटनगर

यस लेखमा व्यक्त गरिएका विचार लेखकका आफ्नै हुन् र तिनीहरूले राष्ट्रिय टाइम्स को धारणा प्रतिबिम्बित गर्दैन )

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial