सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले घट्यो



काठमाडौं, चैत २३ –
आइतबार स्थिर रहेको सुनको मुल्य आज घटेको छ । सोमबार ९आज० सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन आज ८६ हजार ७५० रुपैयाँमा खरिद विक्रि भएको महासंघले जनाएको छ ।

यसैगरी चाँदीको मुल्य पनि ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको छ । आइतबार प्रतितोला १२ सय ४० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial