सामाजिक सुरक्षा भत्ता पनि बढ्छ, अब लिफ्टबाट धरहरा पनि चढ्न सकिन्छ : प्रधानमन्त्री



प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते धरहरा उद्घाटन गर्ने बताएका छन्।

वृद्धवृद्धा पनि लिफ्ट चढेर धरहराको कौसीबाट काठमाडौं हेर्न सक्ने उनले बताए। त्यस्तै प्रधानमन्त्रीले ओलीले सामाजिक सुरक्षा भत्ता पनि वृद्धि हुने बताएका छन्।

आउँदो बजेटबाट सामाजिक सुरक्षा भत्ता बढाइने उनले बताए।

जनताका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सामाजिक सुरक्षा भत्ता महिनाको एक सयबाट सुरू गरिएको थियो। अहिले दिनको एक सयमा पुगेको छ। आगामी दिनमा बढ्छ। आउँदो बजेटमा अझै वृद्धि गरिनेछ।’

उनले जनतालाई आशा र भविष्यप्रति विश्वास जगाउने काम सरकारले गरेको बताए। सरकारले केही गरेन भनेर केहीले भड्काउन खोजे पनि त्यो सफल नभएको उनले बताए।

दिनमा साढे ५ किमीका दरले बाटो बनेको उनले बताए। दिनमा १२ वटा आवास बनेको उनको भनाइ छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial