विद्यालय बन्द गर्ने/नगर्ने निर्णय स्थानीय तहले गर्छ: शिक्षा मन्त्रालय



शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोनाभाइरस महामारी बढेकोले जोखिम हेरेर स्थानीय तहहरूले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्ने वा नगर्ने निर्णय गर्न सक्ने बताएको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले शुक्रबार विज्ञप्ति निकालेर कोरोना बढेकोले विद्यालयमा अनावश्यक भिडभाड हुने खालका वार्षिक उत्सवजस्ता कार्यक्रम नगर्न भनेका छन्।

‘स्थानीय तहको निर्णयअनुसार विद्यालय बन्द वा तोकिएबमोजिम सञ्चालन गर्नु हुन र बन्द गरिएका विद्यालयहरू पुन:सञ्चालन गर्दा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ मा तोकिएको विधि तथा प्रक्रियाहरूको पालना गर्नु हुनका साथै विद्यालयहरू बन्द वा आंशिक रूपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका ०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइ क्रियाकलापलाई निरन्तरता दिनु हुन अनुरोध गरिन्छ,’ मन्त्रालयले भनेको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial