प्रचण्ड माधव हल बाँधेर कांग्रेस नेता देउवा कहाँ ए दाइ, प्रधानमन्त्री भइदेउ न भन्दा पनि केही नलाग्ने भो ! :प्रधानमन्त्री



नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्न सोमबार दिउँसो राष्ट्रियसभा गृह पुगेका प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले,प्रचण्ड माधव हल बाँधेर कांग्रेस नेता देउवा कहाँ ए दाइ, प्रधानमन्त्री भइदेउ न भन्दा पनि केही नलागेको भन्दै दुबैनेतालाई हाँसिमजाकको पात्रको रुपमा चित्रण गरेका छन ।

प्रधानमन्त्री ओलीले सम्बोधनको अधिकांश समय प्रचण्ड र माधव नेपालको आलोचना र सरकारको बचाउमा खर्चिएका थिए ।

झण्डै दुई तिहाइको सुदृढ सरकार ढाल्न प्रचण्ड र माधव नेपाल हल बाँधेर कांग्रेस नेता (शेरबहादुर देउवा) कहाँ गएको भन्दै दुवैलाई मीर जाफरको संज्ञा दिए । प्रचण्ड र माधव नेपालकाे नाम नलिई भने, ‘वामपन्थी सरकार ढाल्ने, सुदृढ सरकार ढाल्ने मीर जाफरहरु हुन् यिनीहरु । अन्तर्घातीहरु हुन् यिनीहरु । भित्रबाट आन्दोलनलाई ध्वस्त पार्ने तत्वहरु हुन् यिनीहरु ।’

उनीहरु पार्टी (साबिकको नेकपा)मा हुँदासम्म सरकारले निकै कठिनसँग काम गरेको ओलीले बताए । ‘हिंड्न खोज्यो भने यताबाट खुट्टा तानेको छ, उताबाट खुट्टा तानेको छ, यताबाट दौराको फेर समाएको छ । हिंड्नै नदिने, काम गर्नै नदिने’ उनले भने’, म त हैरान के भएँ भने बिहानदेखि बेलुकासम्म बस्यो छलफल ।’

‘आफूसँग कुम जोडेर बस्न दिएन, कुर्सी पर सारिदिएछ’ भनेर किचकिच मात्र गरेको ओलीले टिप्पणी गरे ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial