बेलायतबाट नक्कली र सक्कली नोट छुट्याउने मेसिन ल्याउँदै नेपालराष्ट्र बैंक



काठमाडौं, चैत २६
–नेपाल राष्ट्र बैंकले बेलायतबाट ११ लाख ५७ हजार २ सय ९९ डलर बराबरको नोट परीक्षण मेसिन ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकले बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेडबाट सो मेसिन ल्याउन लागेको जनाएको छ । सबैभन्दा कम मूल्यमा यही कम्पनीले बिडिङ गरेको थियो । सो मेसिनले नक्कली, सक्कली, झुत्रा नोट छुट्याउनेछ ।

यो कम्पनीले बिड गरेको आजको विनिमय दरअनुसार नेपाली रुपैयाँ १३ करोड ७७ लाख ७ हजार रुपैयाँ पर्न जान्छ । केन्द्रीय बैंकले आशयपत्र जारी गर्दै बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेड कम्पनीबाट मेशिन ल्यान लागेको जनाएको छ ।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial