पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं-
पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै नेपालमा मृत्यु हुनेको संख्या ३ हजार ११७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नेपालमा २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा २५२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ७६ हजार ३४५ जना संक्रमित निको भइसकेका छन्।

आज देशभर १२ हजार ६९० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरि, ८१ जना क्वारेन्टाइनमा रहेका छन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial