फ्रान्समा तेस्रो पटक लकडाउन, संक्रमितको राख्न अस्पतालमा बेड अभाव



काठमाडौँ-
फ्रान्समा कोभिड-१९ संक्रमित राख्न अस्पतालमा बेडको अभाव भएको छ । संक्रमितको संख्या अस्वाभाविक तवरले बढ्दै गएपछि अस्पतालले धान्न नसक्ने अवस्था हो । संक्रमण तीव्र गतिमा बढेपछि त्यहाँ तेस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरिएको छ ।

सम्पूर्ण विद्यालय र अति आवश्यक बाहेकका पसलहरु एक महिनाका लागि बन्द गरिएको छ । साँझ सात बजेदेखि विहान ६ बजेसम्मका लागि कर्फ्यू लगाइएको छ ।

फ्रान्समा पछिल्लो २४ घन्टामा मात्रै ४६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने ३ सय भन्दा बढीको मृत्यु भएको छ ।

योसँगै फ्रान्समा हालसम्म संक्रमित हुनेको संख्या ४७ लाख नाघेको छ भने संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि ९६ हजारभन्दा धेरै छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial