फिफा विश्वकप छनौट : स्पेनको सहज जित



एजेन्सी
- फिफा विश्वकप छनौट अन्तर्गत स्पेनले सहज जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा स्पेनले कोसोभोलाई ३-१ गोलले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा डानिल ओल्मो, फेरान टोरेस र जेरार्ड मोरेनोले गोल गरे । कोसोभोका बेसार हालिमीले एक गोल फर्काए ।

जितसँगै स्पेनले ३ खेलमा ७ अंक जोडेर समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ । कोसोभो अंकविहीन रहदै पुछारमा रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial