लोकतन्त्रका मान्यता केही पनि खोसिएको छैन, मात्र केही मान्छेको सत्तामा टासिने चाहाना पुरा नभएको हो : प्रधानमन्त्री



लोकतन्त्रका योद्धालाई सम्मान गर्न बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मुल्य र मान्यतामा बर्तमान सरकार दृढ रहेको, लोकतन्त्रका मुल्यमान्यता केही पनि नखोसिएको तर केहि मान्छेको सत्तामा पुगिहाल्ने चाहाना मात्र पुरा हुन नसकेको भन्ने अभिब्यक्ति दिएका छन ।

संविधान, व्यवस्था र जनताको अधिकार, लोकतन्त्रका मूल्य र मान्यता केही पनि नखोसिएको तर केही मान्छेका इच्छा र आकांक्षा पुरा हुन नसक्दा प्रतिगमन भयो भनेर हल्ला चलाइएको उहाँको भनाइ थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले लुटपाट गरेर भएपनि सरकारमा पुग्ने चाहना पूरा नहुँदा प्रतिगमन हुदैन भन्नुभयो ।

आफ्नो पार्टी तोडफोड गरेर अर्को पार्टीलाई प्रधानमन्त्री भइदिनुहोस भन्दै हिंडनेहरुले क्रान्तिका कुरा गर्न नसुहाउने प्रधानमन्त्रीको भनाइ थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial