वैशाख ११ गते धरहरा उद्घाटन



काठमाडौं
। निर्माण कार्य सम्पन्न नहुँदौ वैशाख ११ गते धरहराको उद्घाटन हुने भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार लोकतन्त्र दिवसको अवसर पारेर वैशाख ११ मा धरहरा उद्घाटन हुने भएको हो ।

“धरहराको सबै काम सकिन त केही समय लाग्छ । तर, मुल स्तम्भ निर्माण सकिएकाले लोकतन्त्र दिवसको अवसर पारेर उद्घाटन गर्न लागिएको हो,” राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिएका छन्।

अहिलेसम्मको तयारी अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial