कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न मुख्यमन्त्रीलाई प्रचण्डको ध्यानाकर्षण



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशमा असंवैधानिक र अलोकतान्त्रिक तरिकाले मुख्यमन्त्री नियुक्त गरिएको भन्दै गलत निर्णय सच्याउन प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएका छन् ।

शनिबार एक प्रेस वक्तव्य जारी गरि प्रचण्डले प्रदेश प्रमुखलाई आफूबाट भएको गलत निर्णयलाई सच्चाई गठबन्धन सरकार गठनका दावेदार कुलप्रसाद केसीलाई नियुक्ति र सपथ ग्रहण गराई संविधान र लोकतन्त्रको मर्यादा कायम गर्न ध्यानाकर्षण गराएका हुन् ।

अध्यक्ष प्रचण्डले प्रदेश प्रमुखको कार्यालयमा सांसदहरुबाट भइरहेको संघर्षप्रति ऐक्यवद्धता समेत जनाएका छन् ।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial