विराटनगरमा थप ७ जना कोरोना संक्रमितको मृत्यु


मोरङ — विराटनगरमा एकै दिन ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा ४, नोबेल अस्पतालमा २ र न्यूरो अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–१० का ५७ वर्षीय पुरुष, विराटनगर–१३ का ५० वर्षीय, जहदा गाउँपालिका–५ का २५ वर्षीय युवक र सुनसरीको कोशी गाउँपालिका–४ का ६५ वर्षीय वृद्धको बिहीबार मृत्यु भएको छ ।

उपचार केन्द्रका संयोजक बैजनाथ साहका अनुसार स्वास्थ्य अवस्था गम्भीर रहेका चारै जनाको उपचारको क्रममा मृत्यु भएको बताए ।

नोबेल अस्पतालमा विराटनगर ५ की ३७ वर्षीया महिला र विराटनगर १९ का ६४ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

न्युरो अस्पतालमा रंगेली नगरपालिका–३ का २६ वर्षीय युवकको मृत्यु भएको छ । अस्पतालमा १७ दिनदेखि उपचाररत उनमा बुधबार कोरोना संक्रमण पुष्टि भएको र बिहीबार उपचारको क्रममा मृत्यु भएको अस्पतालका भारत श्रेष्ठले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial