अख्तियारका पूर्वप्रमुख बस्न्यातलाई पाँच लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश



काठमाडौं, बैशाख २४ ।
सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्नेतलाई पाँच लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।

सर्वोच्चमा बस्न्यातले बैशाख १७ गते हालेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै अदालतले रिहा गर्न आदेश दिएको हो ।

तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजान फाइल उठाएको भन्दै अख्तियारले आफ्नै पूर्वप्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो ।

अख्तियारले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित ११० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial