आज शेयर बजार १२.४७ अंकले घट्यो



काठमाडौँ–
शेयरबजार आज ओरालो लागेको छ। बजार परिसूचक नेप्से १२.४७ अंकले र सेन्सिटिभ सूचक शून्य दशमलव ७७ अंकले ओरालो लागेको हो।

साताको अन्तिम कारोबार दिन २ सय १६ कम्पनी सामेल कारोबारमा आज १ करोड ५९ लाख कित्ता शेयर बिक्री भएका छन्। दिनभरिमा ८० हजार १ सय ४१ पटक खरिदबिक्री भएको नेप्सेले जनाएको छ।

आज वाणिज्य बैंक, फाइनान्स र लगानी समूहको सूचक मात्रै हरियो देखिएका छन्। आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक ४६ करोडको कारोबार भएको छ।

त्यस्तै एनसीसी बैंकको ४२ करोडको, लक्ष्मी बैंक लिमिटेडको २६, अपि पावर कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १५÷१५ करोडको कारोबार भएको छ।

आज आठ कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ भने विशालबजारसहित तीनवटा कम्पनीका लगानीकर्ताले सोही हाराहारीमा गुमाएका छन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial