बाग्मती किनारमै जलाउन थालियो संक्रमितको शव



काठमाडौं :
काठमाडौंको पशुपतिस्थित बाग्मतीमा कोरोना भाइरस सङ्क्रमणबाट मुत्यु भएका शव जलाउन थालिएको छ। कोरोनाबाट मृत्यु भएका शव यसअघि विद्युतीय शवदाह गृहमा मात्र जलाइँदै आएको थियो। तर शव जलाउन पालो कुर्नुपर्ने भएपछि विद्युतीय शवदाह गृहमा समय अभावका कारण वागमती किनारमा नै शव जलाउन थालिएको हो।

उपत्यकामा कोभिडबाट मुत्यु भएका शवलाई नेपाली सेनाले पशुपतिस्थित विद्युतीय शव दाह गृहमा व्यवस्थापन गर्दै आएको थियो। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ। आइतबार कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेहरुको संख्या बढेसँगै काठमाडौं उपत्यकामा शव व्यवस्थापनमा समेत समस्या हुन थालेको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले हालसम्म १७६४ शवको व्यवस्थापन गरिएको जानकारी दिए।

-अन्नपूर्ण पोष्ट बाट

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial