विवाहमा सहभागी २५ जनामा कोरोना पुष्टि



बागलुङ ।
बागलुङको बडिगाड गाउँपालिका ४ जलजलाका २५ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।

संक्रमति भएका अधिकांश केही दिन अगाडी सोही गाउँमा भएको एउटा विवाह समारोहमा सहभागी थिए ।

गाउँमा कोरोना संक्रमणको शंकास्पद बिरामी बढ्न थालेपछि बडिगाड गाउँपालिकाले कोरोना परीक्षण गरेको थियो ।

बिहिबार गाउँका २९ जनाको स्वाब परीक्षण गरिएकोमा शुक्रबार २५ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चुडमणि कँडेलले जानकारी दिनुभयो ।

विवाह समारोहमा सहभागी भएका दुलाहा पक्षका आफन्तहरु तथा अन्य गाउँका अधिकांश मानिसहरु बिरामी परेको बडिगाड गाउँपालिका ४ का अध्यक्ष प्रेम गलामी मगरले जानकारी दिनुभयो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial