एकै टोलका ५८ जनाको कोरोना परीक्षणमा ४८ जनामा संक्रमण



ताप्लेजुङ :
ताप्लेजुङमा ५८ जनाको पीसीआर परीक्षण गर्दा ४८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । फुङलिङ बजारको तोक्मेक्षेत्रका एकै टोलका ४८ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले बताइन् ।

जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनसहित १० जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । योसहित फुङलिङ नगरपालिकामा सक्रिय संक्रमितको संख्या १ सय ६ पुगेको छ । परीक्षण गरिएका ८२ प्रतिशत बढीमा संक्रमण देखिएपछि स्थानीय त्रसित भएका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका तोक्मेका एक युवाको वैशाख १९ गते मृत्यु भएको थियो ।

उनको स्वाब भने परीक्षण गरिएको थिएन । छिमेकका परीक्षण गराएका सबैलाई कोरोना पुष्टि भएको खरेलको भनाइ छ । अब बजार क्षेत्रमा थप उच्च सतर्कता अपनाउन आवश्यक रहेको उनले बताइन् । बजार क्षेत्रकै अन्य तीन जनाको भने कोरोनाकै करण मृत्यु भइसकेको छ ।

संक्रमितहरु होम आइसोलेसनमा बसिरहेका छन् । अधिकांशलाई सामान्य रुघाखोकी, ज्वरो, टाउको दुख्ने लक्षण देखिएपछि गम्भिर असर भने नरहेको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial