मजदुर वर्गका लागि विशेष राहत कार्यक्रम ल्याउनुपर्छ : सभामुख सापकोटा


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ महामारीका कारण लाखौं मजदुरले रोजगारी गुमाएकोले राज्यको तर्फबाट मजदुर वर्गका लागि विशेष राहत कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

शनिबार १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिदैँ सभामुख सापकोटाले श्रमिक वर्गका अगाडी कोभिड १९ सँगै भोकमरीसँग बाच्नुपर्ने चुनौति रहेको बताए । कोरोनाका कारण देशभित्रका लाखौं श्रमिक खाली बस्नुपर्ने र देश बाहिर पुगेकाहरुपनि रोजगारी गुमाएर स्वदेश फर्किएको अवस्थामा राज्यको तर्फबाट मजदुर वर्गका लागि विशेष राहत कार्यक्रम ल्याउनु आवश्यक रहेको उनको भनाई छ ।

उनले संविधानमा सुनिश्चत गरिएको श्रमिक, मजदुरका हक अधिकारका प्रयोगका लागि श्रमिक वर्गको एकतावद्ध प्रयास जारी रहने अपेक्षा पनि गरे । संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु वर्तमानको महत्वपूर्ण कार्यभार रहेको उनले बताए । सरोकारवालाले श्रमिक वर्गका हितका लागि गम्भीरतापूर्वक सोच्ने र श्रमिकमैत्री वातावरण बनाउन योगदान गर्नेमा सभामुख सापकोटाले विश्वास व्यक्त गरे ।

संघीय संसद उपलब्ध स्रोत साधनको उच्चतम प्रयोगमार्फत् स्वदेशमा अवसरको सुनिश्चितता, श्रम अनुसारको पारिश्रमिक एवं सामाजिक सुरक्षाको पक्षमा सदैव रहने पनि उनको भनाई छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial