नेपालमा एकैदिन ९ हजार १९६ कोरोना संक्रमित थपिए, थप ५० संक्रमितको मृत्यु



काठमाडौँ–
नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ९ हजार २३ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१९ हजार ९८७ जनाको पीसीआर र ४९५ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।

२४ घण्टामा थप ५० कोरोना संक्रमितको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ५७९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial